Appointment
Emergency
Doctors
Inquiry

Complex Spine Surgery

संखुवासभा जिल्ला तुम्लिङ्गटारका खेम बहादुर कुमाल बैदेशिक रोजगारिको सिलसिलामा दुवईमा हुनुहुन्थ्यो । स्काफफोल्डिगको कामका सिलसिलामा बिदेशी भूमिमा रहनुभएका कुमाललाई हात गोडा लाटो हुने, झमझमाउने ,पोल्ने लगायतका समस्या भएपछि उहाँ उपचारकालागि नेपाल आउन चाहेको कुरा कम्पनिका अधिकारीहरु समक्ष राख्नुभयो ।

कामदारको बीमा सुबिधा रहेकाले उपचारमा कम्पनिको राम्रो साथ पाउनुभयो, कम्पनिले नेपालको अस्पतालबारे सोधपुछ गरेर उपचारकालागि खेम बहादुरलाई ॐ अस्पतालमा रिफर गर्यो । ॐ अस्पतालमा बिभिन्न परिक्षणहरु गरी उहाँको ढाडको नसा च्यापिएर समस्या भएको पत्ता लाग्यो ।

ॐ अस्पतालका बरिष्ठ स्पाइन सर्जन डा. गौरबराज ढकालले उहाँको ढाडको शल्यकृयागरी च्यापिएका नसाहरुलाई मिलाउनुभयो । आठघण्टा लामो सर्जरी र एकसाता अस्पताल बसाइपछि उहाँ स्वास्थ्यलाभ गरी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ ।

बिदेशबाट नेपालमा आएर ॐ अस्पतालमा उपचारपछि स्वास्थ्यलाभगरी डिस्चार्ज हुनुअघि आफ्नो उपचार अनुभव खेम बहादुरले यसरी सुनाउनुभएको छ …