Appointment
Emergency
Doctors
Inquiry
साकार सपना

साकार सपना

आजको २१ औं शताब्दी चिकित्सा विज्ञानले विभिन्न चमत्कारिक सफलता हासिल गरेको तथ्य पत्र–पत्रिका साथै संचारका विभिन्न माध्यमबाट हामीले पढ्न, सुन्न, देख्नुका साथै प्रत्यक्ष अनुभब गर्न समेत पाएका छौं । विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई सहज र सुविधायुक्त मात्र बनाएको छैन, आत्मीक सुख पनि प्रदान गरेको छ । साँच्चै कतिपय अर्थमा विज्ञान मानवका लागि वरदान साबित भएको छ । विज्ञान प्रविधिको विकासले मानिसको जीवनमा खुसीको बहार ल्याइदिएको छ, जीवनमा सुरम्यता थपिदिएको छ, जीवनलाई सार्थक तुल्याएको छ । यस अर्थमा मानव विज्ञान प्रविधिको देनप्रति कृतकृत्य हुनैपर्छ । हो, हामी दम्पत्तीको जीवनमा पनि चिकित्सा विज्ञानले कहिल्यै नबिर्सने गुन लगाएको छ । काठमाण्डौंस्थित मानव सेवामा समर्पित प्रतिष्ठित स्वास्थ्य संस्था ॐ अस्पतालको सेवाप्रति हामी अनुग्रिहीत छौं, जसले हाम्रो जीवनमा खुसीको स्वर्णीम बिहानी ल्याइदिएको छ । यसै सन्दर्भमा ॐ हेल्थ फाउण्डेशनले विगत करिब ९ वर्षदेखि टेष्ट ट्यूब बेबी लाई जन्म दिने कार्यमा सफलता हासिल गरेर निःसन्तान दम्पत्तीहरुलाई नयां जीवन प्रदान गरेको छ । हामी स्वयंम त्यसको एक प्रत्यक्ष उदाहरण हौं । हामी यसै समस्याबाट गुज्रिरहेको एक दशक भन्दा बढी भैसकेको थियो । हाम्रो विवाह भएको दुई–तीन बर्ष वित्दा पनि सन्तान प्राप्ति नभएपछि उपचारको क्रममा हामी २०५१ सालतिर भारत गयौं । त्यहाँ विस्तृत जाँच र अनुसन्धान पश्चात डिम्बबाहिनी नली बन्द भएको निदान भयो र चिकित्सकले यसको सही उपायको लागी टेष्ट ट्यूब बेबीको प्रविधि अपनाउन भारतको मुम्बईस्थित जसलोक हस्पितलमा जानको लागी सल्लाह दिए । हामी निरास भएर फर्कियौं, किनकी टेष्ट ट्यूब बेबीको उपचारको लागि लाग्ने खर्च ब्यहोर्ने हामीमा सामथ्र्य थिएन । तत्पश्चात हामी २०५२ सालमा ॐ अस्पतालमा उपचारको लागी जाने निर्णय गर्यौं किनकी डिम्ब बाहिनी नली बन्द भएका धेरै महिलाहरुको यस अस्पतालबाट सल्यक्रिया पश्चात सन्तान प्राप्ति भएको देखे–सुनेका थियांै । त्यतिखेर उक्त अस्पताल कमल पोखरीमा थियो । हामीले डा. भोला रिजालबाट डिम्बबाहिनी नलीको त्गदयउबिकतथ शल्यक्रिया गर्यांै तर दुर्भाग्य ! यस प्रविधीबाट हामी लाभान्वित हुन सकेनौं । आर्थिक स्थिती सबल नभएको कारण अब मौन बस्नु सिवाय अरु उपाय थिएन । भारतमा गएर उपचारका लागि ठूलो धनराशि खर्च गर्ने हामीमा हैसियत थिएन । तसर्थ हामी निराश भएर बस्नुको अरु कुनै पनि विकल्प थिएन । हामी श्रीमान् श्रीमती दुबैजना स्वास्थ्यकर्मी भएको कारणले पनि समस्याबारे परिचित थियौं । अब टेष्ट ट्यूब बेबी प्रविधि बाहेक सन्तानप्राप्तिको अन्य कुनै उपाय थिएन । जुन प्रविधि नेपालमा भित्रिएको थिएन ।हामी wait and watch को निती अपनाउन बाध्य भयौं । बेला–बेलामा टेष्ट ट्यूब बेबी प्रविधि नेपाल भित्राउने डा. भोला रिजालको अथक प्रयास जारी रहेको कुरा विभिन्न अखबार, पत्र–पत्रिकामा सार्वजनिक हुदै आइरहेको थियो । त्यहीँ प्रविधिको आशामा दिनहरु वित्दै गए, लामो समयको पर्खाइ पश्चात् २०६१ साल फागुन २० गते यस IVFप्रविधिको प्रयोगले राजेन्द्र तामाङ्ग र सन्ध्ंया तामाङ्गबाट नेपालमा पहिलो टेष्ट ट्यूब बेबी ओममणि तामाङ्गको जन्म भएको विभिन्न मिडिया, पत्र–पत्रिकाहरुबाट अवगत भयो । कता–कता क्षितिजमा एउटा आशाको किरण पलाएजस्तो महसुस भयो । त्यतिबेला हामीहरु जागिरको सिलसिलामा काठमाण्डौं देखि टाढा दोलखा जिल्लामा सेवारत थियौं । यस समाचारलाई सुनेर साथीभाई, छिमेकी, सहकर्मी, सिनियर स्टाफ,आफन्त लगायत सुभचिन्तकहरुले यस प्रबिधि अपनाउन सल्लाह–सुझाव दिदै आ–आफ्नो स्थानबाट यथासक्य आर्थिक सहयोग गर्नु भयो । त्यो गुन सायद यो जुनीमा हामीले चुकाउन सक्दैनौं होला । टेष्ट ट्यूब बेबी प्रविधि जस्तो जटिल उपचार त्यसमा पनि राजधानीबाट सयौं किलो मिटर टाढा अनि जागिर लाई पनि निरन्तरता दिनुपर्ने यी सब कुरालाई कसरी मिलाउने भन्ने सोच्दै लगभग १–२ बर्ष त्यसै बित्यो । यस उपचार पश्चात गर्भवती महिलाले नियमित जाँच गराई राख्नुपर्ने, पूर्ण रुपमा आराम गर्नुपर्ने अवस्था हुन्थ्यो । जुन कुरा हामीहरुको लागि सम्भब थिएन । तैपनि पर्छ तर्छ भनेझै हामीहरु यस प्रविधि अवलम्बन गर्नै निर्णयमा पुग्यांै र डा.सबिना श्रेष्ठबाट Screening Test गरायौं । हामीले पहिले देखिनै डा. भोला रिजालबाट उपचार गराई रहेको कारणले हाम्रो Diagnosis report सबै त्यँहा थियो । तसर्थ निकै सजिलो भयो र यस प्रविधिद्धारा उपचार गर्न सम्भब देखियो । यसप्रकार हामी IVF को सातौं ब्याजमा प्रवेश गर्यौं । सातौं ब्याजमा विदेशमा बसेका नेपालीहरु लगायत, विदेशी दम्पत्तीहरु समेत गरेर जम्मा ३१ जोडी दम्पत्तीहरु उक्त उपचारमा सहभागी थियौं । उहाँहरुसंग आ–आफ्नो समस्या सातासात गर्ने मौका पनि मिल्यो । यस्तो समस्या भएका धेरै नै हुँदारहेछन् भन्ने कुराले हाम्रो मनले सान्त्वना पायो । जसबाट मनको दुःख क्षणभरको लागी भएपनि हल्का भयो । विदेशको तुलनामा यो प्रविधि सस्तो अनि सफलताको प्रतिशत पनि विदेशको भन्दा कम नरहेको हुनाले यस IVF प्रविधि अपनाउन नेपाल आएका सहभागी साथीहरुबाट जानकारी पायौं । त्यो क्षण हामी दम्पत्तीले जिन्दगीमा कहिल्यै पनि भुल्न सक्दैनौं । उपचार पश्चात् जुन दिन BLOOD TEST को REPORT आउनु थियो, उक्त दिन २०६२ साल भाद्र १० गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन परेको थियो । त्यो दिन हामी कृष्ण मन्दिर र भद्रकाली दर्शन गर्यौं । बेलुकी डा.सानुमंैयाको फोनको पर्खाईमा थियौं । फोन नआउँदा पनि कानमा फोनको घण्टी बजेको भान भैरहेको थियो । साँझ करिब ८ः०० बजे फोन आयो र BLOOD TEST को REPORT POSITIVE भएको जानकारी पायौं । हाम्रो खुशिको सिमानै रहेन । कता कता सपना जस्तो पनि लाग्यो । मनमनै सम्झेका सबै भगवानहरुलाई धन्यबाद दियौं । यस्तो जटिल उपचार प्रबिधि अपनाउदै अनि जागिरलाई पनि निरन्तरता दियौं । भगवान्को कृपाले बिना कुनै कठिनाई र्नौ महिना पार गर्यौं । अब समय नजिकिदै थियो । यस्तैमा देश २०६२र६३ को १९ दिने दोश्रो जनआन्दोलनमा होमिएको थियो । देशका मुख्य मुख्य सहरहरुमा कफ्र्युको घोषणा गरिएको थियो तसर्थ दोलखा देखि काठमाण्डौं आउन पनि निकै कठिनाई भयो । अन्ततः नयाँ बर्ष २०६३ साल बैशाख १ गते शुक्रबारको दिन बिहान ७ः५० बजे हाम्रो चीर–प्रतीक्षित सपनाले साकार रुप लियो । सन्तानको रुपमा सुपुत्रीको जन्म भयो । साथै आमा,शिशु दुबैको स्वास्थ्य राम्रो रहेको डा. रिता सिंहले जानकारी दिनु भयो, हाम्रो खुशिको सिमानै रहेन, लाग्यो दोलखा भिमसेनले हाम्रो मनको ब्यथा बुझेछन् । जताततै कफ्र्यु लागेको कारणले हामीलाई भेट्न आउन पनि धेरैलाई मुश्किल पर्यो । धेरैजसोले फोनबाट बधाई दिए । वास्तवमै अहिले र पहिलेको घरको वातावरणमा, रमाइलोपनमा आकाश जमिनको फरक भएको छ । सन्तानप्राप्ति पछिको आनन्दको महसुस गर्न पाँउदा निःसन्तान अवस्थामा त्यसको वास्तविक अनुभूति गर्न नसकिदो रहेछ भन्ने थाहा भयो । ॐ हेल्थ फाउण्डेशनले बिगत लगभग ९ बर्ष देखि IVF CENTRE बाट सेवा उपलब्ध गराएर हाल सम्म (३००) तीन सयभन्दा बढी रहर लाग्दा नानीहरुले यस धर्तीमा जन्म लिई सकेका छन् । त्यसैले हामी भन्न चाहन्छौं जति पनि निःसन्तान जोडीहरु हुनुहुन्छ तपाईहरुले प्रयासलाई निरन्तरता दिनुहोस् । एकदिन अवश्य सफल हुनुहुनेछ । हामीभन्दा पनि अझै धेरै पटकको प्रयास पश्चात सन्तानको सुख प्राप्त भएको पनि तपाईहरुले देख्नुभएको छ होला । सकारात्मक सोचका साथ चिकित्सा पद्धतिलाई समयमै अपनाउनुस् एक दिन अवश्य तपाईहरुको काखमा रहर लाग्दा IVF BABY खेल्न थाल्नेछन् । हाम्रो घर आँगनमा ॐ हेल्थ फाउण्डेशनले यस IVF CENTRE सेवा दिएर सयौं निःसन्तान जोडीहरुको जीवन सार्थक तुल्याईदिएको छ । कतिपय दम्पत्तीहरु विदेशमा पटक–पटक IVF गर्दा पनि सफल नभएको तर नेपालमा पहिलो पटकमा नै सफल भएको थुप्रै उदाहरणहरु छन् । यसले के दर्साउछ भने आफ्नो घर,आँगनको वातावरणले पनि सफलतामा सकारात्मक भुमिका खेल्छ जुन वातावरण बिदेशमा सम्भब हुदैन । अन्तमा यस उपचारमा संलग्न डा.भोला रिजाल,डा. सानुमैंया श्रेष्ठ, डा.सबिना श्रेष्ठ, डा.रिता सिंह डा. नरेन्द्र मल्होत्रा, डा.जयदिप मल्होत्रा परामर्स शाखामा कार्यरत यमुना बहिनी लगायत IVF CENTRE टिम सबै लाई उहाँहरुको अभुतपूर्व सफलताको लागी हामी हार्दिक बधाई दिदै अस्पतालमा उपलब्ध Homely Environment का लागी ह्रदयदेखि धन्यबाद दिन चाहन्छौं ।