यस ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले कोभिड-१९ कोरोना भाइरसको माहामारी शुरु भएको समयबाट नै यसको ब्यवस्थापनका लागि फिवर क्लिनिक, कोभिड इमर्जेन्सी, पिसिआर परिक्षण, कोभिड वार्ड तथा आइसोलेशन लगायतका विविध सेवाहरु थप गरी उपचार गर्दै आइरहेको यहाँहरुमा अवगत नै छ ।

संक्रमितहरुको बढ्दो संख्यालाई मध्येनजर गर्दै अस्पतालमा आइसोलेशन वेडहरु, आइसियू वेडहरु तथा अनलाइन काउन्सिलिङको ब्यवस्थापन गर्नुपर्ने अपरिहार्य भएकोले आजबाट नै कोभिड आइसियू तथा आइसोलेशन बेड थप गर्ने र बिरामिलाई चिकित्सकसँग सहज पहुँच दिने उद्देश्य सहित श-शुल्क परामर्श सेवा (पेड काउन्सिलिङ) सेवा शुरु गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छौं ।

•अनलाइन काउन्सिलिङ तथा कन्सल्टेशनका लागि कम्तिमा दुई दिन अघि नाम दर्ता गर्नुपर्नेछ ।
•हरेक कन्सल्टेशनमा कम्तिमा १५ मिनेट सम्म परामर्श गर्न सकिने छ ।
•अनलाइन कन्सल्टेशनका लागि इ-सेवा तथा फोन-पे मार्फत क्यूआर-पे सेवा प्रयोग गरी (चित्रमा राखिएको क्यूआर चिन्ह स्क्यान गरी) वा कनेक्ट आइपिएस सेवा प्रयोग गरि यस अस्पतालको नाममा रहेको सेन्चुरी कमर्सियल बैंकको खाता नं. ००१०००१९४३ सिए (0010001943CA) मा कन्सल्टेशन शुल्क दाखिला गर्न सकिने ब्यवस्था गरीएको छ ।
• इ-सेवाको हकमा ट्रान्जेक्सन आइडी तथा कनेक्ट आइपिएस र फोन-पेको हकमा ट्रान्जेक्सन कन्फर्मेशन अस्पतालको विलिङको ईमेल billing@omhospitalnepal.com मा अनिवार्य रुपमा पठाई कन्फर्मेशन लिनुपर्ने हुन्छ ।

थप जानकारी तथा बुकिङ्गकालागि ॐ हस्पिटलको हन्टिङ लाइन +९७७-४४७६२२५ मा सिधा सम्पर्क गर्न सकिनेछ अथवा पेसेन्ट केयर सर्भिसेज तथा क्वालिटी एस्योरेन्सको मोवाइल नम्बर ९८०२०७६२२५ मा फोन गर्नहुन अनुरोध छ ।

FOR APPOINTMENT:9802076225
Tel: +977-1-4476225 (Hunting Line)
#onlinemedicalconsultation
#omhospitalaandresearchcentre
#covid19#coronavirus#pandamic
#omhrc#wecareforyou#ॐहस्पिटल