ॐ अस्पताल तथा रिसर्च सेन्टरद्वारा जिल्ला अस्पताल रामेछापमा दुईदिने वृहत स्वास्थ्य परिक्षण शिविर सम्पन्न, एकहजारजनाभन्दा बढीको स्वास्थ्य परिक्षण ।
२०७६ असार ७ गते शनिवार।
रामेछापमा ॐ अस्पतालको दुईदिने बृहत निशुल्क स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएको छ ।
रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको जिल्ला अस्पतालमा स्त्री तथा प्रसुती रोग, मुटु रोग , जनरल सर्जरी ,जनरल मेडिसिन लगाएतका बिषयमा बिबिध रोगको परिक्षण एवं औषधि बितरण गरिएको थियो ।
शिविरको आयोजना विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र समन्वयमा जिल्ला अस्पताल रामेछापले गरेको हो ।
ओम अस्पताल तथा रिसर्च सेन्टरको सहकार्यमा रामेछाप नगरपालिका ,नयाँ गोरखगण रामेछाप, रामेछाप नगरपालिका वडा नम्बर ८ को विशेष सहयोगमा आयोजना शिविरमा आज अधिकांश स्त्री रोग , मुटु रोग, र हाडजोर्नी सम्बन्धी समस्या भएका नागरिकहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।
काठमाडौंको चावहिलमा रहेको यस ॐ अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा स्वास्थ्य उपचार सेवामा सहज पहुँच नभएका स्थानहरुमा यस किसिमका शिविर आयोजना गर्दै आइरहेको छ । https://www.facebook.com/omhrc/photos/pcb.2403548446354567/2403537626355649/?type=3&theater