पिपिई सहि प्रयोगका लागि ॐ हस्पिटलको बहुभाषी सन्देश सार्वजनिक (भिडियो सहित)
काठमाडौको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वास्थ्यकर्मीले संक्रमणबाट जोगिन प्रयोग गर्ने ब्यक्तिगत सुरक्षा सामग्रि (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिई लाई सहि तरिकाबाट कसरी प्रयोग गर्ने र प्रयोग गरिसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रहेर बहुभाषामा श्रव्य दृश्य सचेतना सामाग्रीको तयार गरि आफ्नो अफिसियल समाजिक सञ्जाल फेसबुकपेज मार्फत सार्वजनिक गरेको छ ।
अस्पतालले बहुसंख्यक नेपालीहरुले बोल्ने मुख्य मुख्य पाँच भाषा नेपाली, तामाङ, मैथिली, डोटेली र नेपाल भाषामा ति सामाग्री तयार गरेको हो । कोभिड-१९ कोरोना भाईरसको संक्रमणको त्रास र लकडाउनको प्रतिकुल अवस्थामा स्वास्थ्यकर्मीहरु स्थानीय स्तरमा तयार गरेर पिपिई प्रयोग गरिरहेको अबस्था छ ।
यसरी तयार पारिएको पिपिईलाई सहि रुपमा प्रयोग गर्न र प्रयोग पछि सहि ब्यवस्थापन गर्न ॐ अस्पतालको इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल युनिटका नर्सिङ स्टाफहरुले सरल र सहज रुपमा स्वास्थ्यकर्मीहरुलाई भिडियो अनुशिक्षणको माध्यमबाट सम्झाउनु भएको छ ।
अडियो भिजुअल सचेतना सामाग्रीमा पिपिई सेटको प्रयोग र व्यवस्थापन सँगै अपनाउनुपर्ने आवश्यक साबधानीहरु बारे पनि स्पष्ट पारेको छ । ति सामाग्रीहरु तयार गर्न नेपाल भाषामा लागि नर्सिङ सुपरभाइजर शुष्मा शाक्य, तामाङ भाषाका लागि स्टाफ नर्स सुमी योन्जन, मैथिली भाषाका लागि स्टाफ नर्स सुष्मा देव र डोटेली भाषाका लागि स्टाफ नर्स सीता धामीले भाषिक सहयोग गर्नुभएको अस्पतालले जनाएको छ ।
अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) ले शक्तिशाली राष्ट्रहरुमा पनि धेरै जनाको ज्यान गईसकेको छ । नेपालमा पनि १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । एक जना उपचार पश्चात घर फर्किसकेको अवस्था छ ।
महामारीको यस्तो संक्रमणकालिन तथा जोखिमपूर्ण समयमा निजि अस्पतालहरुले बिरामीलाई आपतकालनि सेवा पनि उपलब्ध नगराएको आरोपका बीचमा काठमाडौंको ॐ अस्पतालले भने कोभिड-१९ लाई लक्षित गरी बिशेष फिवर क्लिनिक, भिन्नै इमर्जेन्सी बेड सहित आठ बेड सहितको बिशेष कोभिड १९ आइसोलेशन वार्ड समेत संचालन गरेको छ । साथमा लकडाउनमा रहेका बिरामीलाई सेवा सहजिकरणका लागि हरेक दिन बिहान ११ः०० बजेदेखी अपरान्ह १ः०० बजेसम्म टेलिमेडिसिन मार्फत सेवालाई निरन्तरता दिएको छ ।
नेपाल भाषाको भिडियो
संक्रमणबाट जोगाउने ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउने र फुकाल्ने सहि तरिकाबारे प्रयोगात्मक अभ्यास सहितको भिडियो केहि समय अघि हामीले नेपाली भाषामा पोष्ट गरेपछि यसलाई अत्यधिक रुचाएर अन्य भाषामा पनि पोष्ट गरिदिन आएको अनुरोधलाई स्वीकार गरेर हामीले यस भिडियोलाई मैथली भाषा, नेपाल भाषा, तामाङ भाषा र डोटेली भाषामा पुनर्उत्पादन गरी यहाँहरुमाझ प्रस्तुत गरेका छौं ।प्रतिकुल अवस्था र सिमित साधन श्रोतका बाबजुद यहाँहरुलाई सुसुचित गर्ने र स्वास्थ्यकर्मीहरुलाई सहि तरिकाबाट पिपिई प्रयोग गर्नकालागि सहयोगि हुने अपेक्षा सहित आज नेपाल भाषाको भिडियो पोष्ट गरेका छौं ।नर्सिङ सुपरभाईजर शुष्मा शाक्य ज्यूलाई भाषिक सहयोगकालागि धेरै धेरै धन्यवाद ।The League of Nepalese Nurse Critical Care Nurses Association of Nepal – CCNAN Maharajgunj Nursing Campus Nursing Association of Nepal – NAN Nepal Nursing Council Nepalbhasha Manka Khala Yala, Tyagal, Lalitpur Nepal Bhasa User Forum (नेपाल भास मंका दबू ) Om Hospital & Research Center Pvt. Ltd #OMHRC #WeCareForYou
संक्रमणबाट जोगाउने ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउने र फुकाल्ने सहि तरिकाबारे प्रयोगात्मक अभ्यास सहितको भिडियो केहि समय अघि हामीले नेपाली भाषामा पोष्ट गरेपछि यसलाई अत्यधिक रुचाएर अन्य भाषामा पनि पोष्ट गरिदिन आएको अनुरोधलाई स्वीकार गरेर हामीले यस भिडियोलाई मैथली भाषा, नेपाल भाषा, तामाङ भाषा र डोटेली भाषामा पुनर्उत्पादन गरी यहाँहरुमाझ प्रस्तुत गरेका छौं ।प्रतिकुल अवस्था र सिमित साधन श्रोतका बाबजुद यहाँहरुलाई सुसुचित गर्ने र स्वास्थ्यकर्मीहरुलाई सहि तरिकाबाट पिपिई प्रयोग गर्नकालागि सहयोगि हुने अपेक्षा सहित मैथली भाषाको भिडियो पोष्ट गरेका छौं ।स्टाफ नर्स शुष्मा देवलाई भाषिक सहयोगकालागि धेरै धेरै धन्यवाद ।नर्सिङ क्लब नेपाल The Humane League The League of Nepalese Nurse Critical Care Nurses Association of Nepal – CCNAN LOVELY NEPALESE NURSES Nursing Association of Nepal – NAN Nepal Nursing Society Nepal Nursing Council Apan Mithilangan अपन मिथिलांगन Radio Mithila 100.8Mhz Mithila Sanchar iMITHILA MARRIAGE SERVICES मिथिला मंच न्यूज़ पुनम कुमारी जनकपुर जनकपुर बालबालिका उपचार केन्द्र #OMHRC #WeCareForYou See less
संक्रमणबाट जोगाउने ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउने र फुकाल्ने सहि तरिकाबारे प्रयोगात्मक अभ्यास सहितको भिडियो केहि समय अघि हामीले नेपाली भाषामा पोष्ट गरेपछि यसलाई अत्यधिक रुचाएर अन्य भाषामा पनि पोष्ट गरिदिन आएको अनुरोधलाई स्वीकार गरेर हामीले यस भिडियोलाई मैथली भाषा, नेपाल भाषा, तामाङ भाषा र डोटेली भाषामा पुनर्उत्पादन गरी यहाँहरुमाझ प्रस्तुत गरेका छौं ।प्रतिकुल अवस्था र सिमित साधन श्रोतका बाबजुद यहाँहरुलाई सुसुचित गर्ने र स्वास्थ्यकर्मीहरुलाई सहि तरिकाबाट पिपिई प्रयोग गर्नकालागि सहयोगि हुने अपेक्षा सहित तामाङ भाषाको भिडियो पोष्ट गरेका छौं ।स्टाफ नर्स सुमी योञ्जनलाई भाषिक सहयोगकालागि धेरै धेरै धन्यवाद ।The League of Nepalese Nurse Critical Care Nurses Association of Nepal – CCNAN Maharajgunj Nursing Campus Nursing Association of Nepal – NANNepal Nursing Council #OMHRC #WeCareForYou
संक्रमणबाट जोगाउने ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउने र फुकाल्ने सहि तरिकाबारे प्रयोगात्मक अभ्यास सहितको भिडियो केहि समय अघि हामीले नेपाली भाषामा पोष्ट गरेपछि यसलाई अत्यधिक रुचाएर अन्य भाषामा पनि पोष्ट गरिदिन आएको अनुरोधलाई स्वीकार गरेर हामीले यस भिडियोलाई मैथली भाषा, नेपाल भाषा, तामाङ भाषा र डोटेली भाषामा पुनर्उत्पादन गरी यहाँहरुमाझ प्रस्तुत गरेका छौं ।प्रतिकुल अवस्था र सिमित साधन श्रोतका बाबजुद यहाँहरुलाई सुसुचित गर्ने र स्वास्थ्यकर्मीहरुलाई सहि तरिकाबाट पिपिई प्रयोग गर्नकालागि सहयोगि हुने अपेक्षा सहित डोटेली भाषाको भिडियो पोष्ट गरेका छौं ।स्टाफ नर्स सीता धामीलाई भाषिक सहयोगकालागि धेरै धेरै धन्यवाद ।The League of Nepalese Nurse डोटेली दाजु भाइ हाम्रो अछाम देउडा समाज पश्चिमेली देउडा Doti =हाम्रो डोटी / हामी डोट्याली डोट्यालखी तारा सुन्दर सुदुरपश्चिम \ Blue Sky सुन्दर सुदुरपश्चिम @ज्ञानेन्द्र शाही सर्मथक ग्रुप – Gyanendra shahi group Gyanendra Shahi -ज्ञानेन्द्र शाही रेडियो बैतडी Tribhuvan University Teaching Hospital @Nursing Association of Nepal – NAN Nepal Nursing Council NEPAL NURSING COUNCIL LICENSE PREPARATION Om Hospital & Research Center Pvt. Ltd #OMHRC #WeCareForYou