#सिओपिडी नेपालमा वयस्क र वृद्धवृद्धामा सबैभन्दा बढी देखिने रोग हो। यो धेरै जनाको मृत्यु र अशक्तताको कारण समेत बनेको छ। यस रोगका कारण न्यून आय भएका नेपालीले थप आर्थिक भार ब्यहोर्नु पर्ने बाध्यात्मक स्थिति समेत सृजना भएको छ।
सिओपिडी-क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज खास गरी लामो समयसम्म धुम्रपान गर्ने मानिसमा बढी देखिने गर्छ। नेपालको परिवेशमा भने भान्सामा दाउरा बाल्ने चुल्होबाट निस्कने धूँवामा लामो समयसम्म बस्नेहरूलाई खासगरी महिलाहरूलाई यो रोगले बढी सताउने गरेको छ।
सिओपिडी भएका बिरामीहरूमा #खोकी लाग्ने, #दम बढ्ने, खकार निस्कने, घ्यारघ्यार हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, जिउ दुख्ने र अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुने लगायतका मुख्य लक्षण र चिन्ह देखिन्छ। लामो समयदेखि सिओपिडी भएका बिरामीहरूमा सिओपिडीको कारणले मुटुमा समेत असर पार्न सक्छ जसलाई चिकित्साको भाषामा कर-पल्मोनेल भनिन्छ।
सिओपिडी बाट बच्न #धुमपान पटक्कै गर्नु हुँदैन। भइसकेको अवस्थामा चिसोबाट जोगिनुपर्छ र चिसो मौसममा #भाइरस तथा #ब्याक्टेरिया हरूको संक्रमण भई #रुघाखोकी लाग्ने र #न्यूमोनिया हुने समेत सम्भावना रहन्छ यसबाट पनि जोगिनुपर्छ।
सिओपिडी भएका बिरामीहरूलाई रुघाखोकी, निमोनिया लगायतका #संक्रमण भएमा दम बढ्ने शरीरमा #अक्सिजन को मात्रा कम हुने र विषाक्त कार्बनडाइअक्साईडको मात्रा बढी हुन गई जटिल अवस्था सृजना गराउँछ। यस्ता बिरामीलाई #सघनउपचारकक्ष#आइसियू मा भर्ना गरी #भेन्टिलेटर मा राखेर #उपचार गर्नुपर्ने हुनसक्छ ।
सिओपिडीबाट जोगिने मुख्य उपाय धुम्रपान नगर्नू र धुम्रपान गरिरहेकाले त्यसलाई तत्काल त्याग्नुपर्छ। सिओपिडीका लक्षण देखा परेमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार सुरू गर्नुपर्छ।
World COPD Day
18th Nov 2020
#क्रोनिकअब्सट्रक्टिभपल्मोनरीडिजिज
#WorldCOPDDay
#PulmonaryMedicine
#OMHRC
#WeCareForYou See Less